Information is intelligence
HomeLife Styleमनतातो पानी पिउनुका फाइदा

मनतातो पानी पिउनुका फाइदा

- Advertisement -spot_img

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । स्वास्थ्यका लागि दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ । यस्तै, मनतातो पानी पिउनु पनि उत्तिकै फाइदाजनक हुन्छ ।

स्वास्थ्यका हिसाबले मनतातो पानी चिसो पानीभन्दा उत्तम हुन्छ । शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । साथै, अन्य विभिन्न रोगबाट बच्नका लागि समेत मनतातो पानिको प्रयोग गर्नु उत्तम मानिन्छ । केही यस्ता रोगहरू जुन मनतातो पानीले कम गर्न सक्छ ।

– मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीले पाचन प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ । पाचन प्रणाली चुस्त हुँदा पेटसम्बन्धि समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानी पिउनाले शरिरको मोटोपन कम गर्न मद्धत गर्छ ।

– मनतातो पानी पिउनाले शरीको रक्तसञ्चार चुस्त हुन्छ र रगतसँग जोडिएका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानीको प्रयोगले छालामा आउने डण्डिफोर, फुस्रोपनालाई कम गर्न मद्धत गर्छ र छालालाई स्वस्थ राख्नका लागि सहयोग गर्छ ।

– चिसोबाट सुरक्षा पाउनका लागि मनतातो पानीको प्रयोग गर्नु उत्तम मानिन्छ । रूघा, खोकी, कफ जस्ता समस्याबाट मुक्ति दिन्छ ।

– शरिरबाट पसिना निस्कनुलाई राम्रो मानिन्छ । पसिना निस्कँदा विभिन्न रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् र पसिनाको उचित निष्कासनका लागि मनतातो पानी फाइदाजनक हुन्छ ।

– यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ ।

– मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु