Information is intelligence
HomeSportsटेर स्टेगन चम्किँदा बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

टेर स्टेगन चम्किँदा बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

- Advertisement -spot_img

एजेन्सी | रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

एन्टोनी ग्रिजमान र फ्रांकी डि योङले मिस गर्दा रिक्वी पुइगले बार्साका लागि निर्णयाक गोल गरे । बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सोसिडाडका दुईवटा प्रहार रोकेका थिए ।

यसअघि डि योङले बार्सालाई खेलको ३९ औँ मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा उनले नै ह्यान्डबल गरे पछि सोसिडाडले पेनाल्टी पायो जसलाई मिकेल आयोरजाबालले सजिलै गोलमा परिणत गरे ।

साबिक विजेता रियल म्याड्रिडले अर्को सेमिफाइनलमा एथ्लेटिक बिल्बाओको सामना गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु