Information is intelligence
HomeInternationalराष्ट्रपति ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

राष्ट्रपति ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

- Advertisement -spot_img

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको छ । गएको हप्ता राजधानी वासिङ्टन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

महाअभियोग लगाउने विषयमा भएको मतदानमा उहाँको पार्टी रिपब्लिकनका १० सांसदले समेत पक्षमा मतदान गरेका छन् । मतदानपछि महाअभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुख न्यान्सी पेलोसीले कोही पनि संविधान भन्दा माथि नरहेको बताउनुभएको छ ।

उहाँले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय पारी ट्रम्पलाई सत्ताबाट हटाउनसमेत आग्रह गर्नुभएको थियो । महाअभियोग लगाउने प्रस्तावमाथि यसअघि नै तल्लो सदनले पारित गरिसकेको थियो ।

अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग दुई पटक लाग्ने पहिलो राष्ट्रपति हुनुहुन्छ । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु