Information is intelligence
HomePoliticsपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान

- Advertisement -spot_img

काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान, उर्जा, सीमा, कोभिड-१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रमा छलफल हुने मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनाएको छ।

दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गर्ने समेत मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीको टोलीमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव तथा अन्य उच्च सरकारी अधिकारीहरु सहभागी हुनेछन्।

मन्त्री ज्ञवाली ३ गते नेपाल फर्किने छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु