Information is intelligence
HomeSportsसाविक विजेता बायर्न जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो

साविक विजेता बायर्न जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो

- Advertisement -spot_img

एजेन्सी | साविक विजेता बायर्न म्युनिख डिएफबी पोकल (जर्मन कप) को दोस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बायर्न बाहिरिएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बायर्नका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न सकेनन् ।

होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे ।

पेनाल्टी अघि बायर्नले खेलको १४ औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो । खेलको ३७ औं मिनेटमा फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ४८ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ९० औं मिनेटमा होल्सटिनका हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुबै टोलीबाट गोल निस्केन र खेल टाइब्रेकरमा पुगेको थियो ।

जर्मन कपमा बायर्न सर्वाधिक उपाधि जित्ने टिम हो । बायर्नले २० पटक उपाधि जितिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु