Information is intelligence
HomeSportsनेयमारको गोलमा पीएसजीको जित, पोचेटिनोले जिते करियरकै पहिलो उपाधि

नेयमारको गोलमा पीएसजीको जित, पोचेटिनोले जिते करियरकै पहिलो उपाधि

- Advertisement -spot_img

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ ।

लेन्सको बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए ।

खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ८५ औं मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा पायटले एक गोल फर्काएपनि पीएसजी २-१ ले विजयी भयो ।

यससँगै पीएसजीले १० औं पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।

यस्तै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो करियरकै पहिलो उपाधि समेत हात पार्न सफल भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु