Information is intelligence
HomePoliticsदेउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण,यस्तो छ कारण

देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण,यस्तो छ कारण

- Advertisement -spot_img

काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टरलाई गोरखामा आकस्मिक अवतरण गराइएको छ।

काठमाडौंबाट बिहीबार पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर गोरखाको पालुङटारस्थित आँपपिपलमा आकस्मिक अवतरण गरेको हो।

पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गरेका देउवा सवार उक्त हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

आकस्मिक अवतरण गरेको हेलिकोप्टर मौसममा सुधार आएपछि पर्वत पठाइने बताइएको छ। उक्त हेलिकोप्टरमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि सवार थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु