Information is intelligence
HomeEntertainment & Arts१० महिना पछि नाटकघर खुल्दै

१० महिना पछि नाटकघर खुल्दै

- Advertisement -spot_img

कोरोनाको कारण विगत १० महिनादेखि बन्द रहेका नाटकघर आज बिहिबारबाट खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नाटकघर खोल्नका लागि अनुमति दिएका कारण स्वास्थ्य नियम पालना गर्दै नाटकघरहरु सञ्चालनमा आउन लागेका हुन् ।

नाटकघर सञ्चालन अनुमतिसँगै आज माघ १ गतेबाट बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ नाटक मन्चन हुँदैछ । साँझ ४ बजे नाटक मञ्चन हुने नाट्यकर्मी घिमिरे युवराजले बताए । त्यस्तै कौसी थिएटरको प्लेब्याक थिएटरमा शुक्रबारबाट साँझ ५ बजे ‘हराउँदै, भेटाउँदै’ नाटक मञ्चन हुँदैछ । उपत्यका बाहिरका नाटकघर मध्य विराटनगरको झोराहट थिएटरमा ‘कोरोना टाइम्स’ आइतबारबाट मञ्चन हुनेछ ।

अन्य विभिन्न नाटकघर समेत अब छिट्टै खुल्ने तरखरमा रहेका छन् ।  बुधबार थिएटर हबले एक विज्ञप्ति जारी गर्दै नाटक हेर्नका लागि सुरक्षाको मापदण्ड समेत तोकेको छ । जसमा नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्ने, माक्स नलगाएको खण्डमा नाटक हेर्नबाट बन्चित गरिने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु