Information is intelligence
HomeLiteratureओलीबाकाे सम्बाेधन !!

ओलीबाकाे सम्बाेधन !!

- Advertisement -spot_img

आदरणीय तथा अनादरणीय जनताहरू !

मलाई पनि पुग्याे, सम्धीलाई नि पुग्याे भन्छन् नि ! मलाई सञ्चै छ, तपाईंहरुलाई पनि सञ्चै हाेला !

प्रचण्ड र माधवका पछाडि २/४ हजार जनाकाे “माखेसाङ्लाे” हाेला, मेरा पछाडि ५००० जना तपाईं जस्ता कार्यकर्ताकाे “जनलहर” उर्लेकाे छ ।

मेरै घरकाे वास, मेरै **काे नास भनेजस्तै, मैले नै चाेरबाटाेबाट छिराएकाे वामदेवले मेरै विरोध गरेको देख्दा बडाे झ्वाँक चल्याे । पालैपिलाे गरिखाउँ भनेका झप्रमाहरुले समेत काइँ कुइँ गर्न थालेपछि, लु खा बडाबडा गास ! भनेर संसद विघटन गरिदिएँ । अहिले लाटीले पापा खाएझैँ खाइरहेछन् !

केपी ओलीसँग जिस्किने ? म मेराे एक कदमले यी माननीयहरूलाई “भूपू” बनाइदिन्छु, त्यति दम छ ।

यहीँ पल्तिरकाे जिल्लाबाट एउटा केटाेलाई “गरी खा” भनेर साथ दिएको, अहिले उग्र राष्ट्रवादकाे कुरा गर्छ । अरुले चाकमा हातले छाेइदिए भने आकाश छुन्छु भनेर उचालिने व्यहाेराकाे रहेछ, त्यसको उपचार गरिन्छ ।
वैशाखसम्म रेल आउँछ, कुस्मामा स्टेसन राख्छु भनेर २०७४ सालमा भनेकाे थिएँ, केटाकेटीहरुले ७५ काे वैशाख भन्ने साेचेछन् । त्यत्तिकै साेच्दिने ? २०८५ साल भनेको पनि त हुनसक्छु । आँ गर्दा आँ नै बुझ्नुपर्छ, अलङ्कार बुझेर हुन्छ ?
अरु त अरू, साझा वैकल्पिकका अल्लारे केटाहरुले समेत चुनाैती दिन खाेज्छन् भन्या ! चुनाव हारेर धराैटी जफत हुन आँटेकाहरुकाे समेत यत्रो हिम्मत ? बाप लात खाए गली गली, बेटा के नाम बजरङ्वली ??
मान्छेको शरीरमा मुसा पलाएको त सबैलाई थाहा छ, मैले त नेपालकाे नक्सामा चुचाे उमारेर देखाइदिएँ । निर्जीव वस्तुकाे अाकार बढ्दैन भन्ने विज्ञानको सिद्धान्त समेत मेराे शासनकालमा झुठाे ठहरियाे, फिजिक्स तर्फकाे एउटा नाेबेल पुरस्कार त मैले पनि पाउनुपर्ने नि वास्तवमा !!
काङ्ग्रेसी साथीहरुकाे पीडा पनि अचम्मको छ ।

पुल म बनाउँछु, रिबन काट्न उनीहरू जानुपर्ने । आन्दाेलनमा जान्छन्, हानठाेक नगरुन् भनेर पुलिस पठाएर सुरक्षा दियाे, उल्टै ओलीले करङ दाेब्राइदियाे भन्दै रुन्छन् । लठ्ठी खान डराउने भए, किन आन्दाेलन गर्नु ?

जिताएर पठाउनुस्, मन्त्री बनाउँछु भनेर पूर्वतिरकाे केटाेलाई टिकट दिएँ, मन्त्री बनाएँ, अहिले झप्रमातिर लागेर मेरै खेदाे खन्छ । मेरी बिल्ली मुझ पे म्याउँ ? पख बिरालो !! तँलाई त बाँधेर सराद्धे गर्नुपर्छ ।
अन्त्यमा,
तपाईंहरुकाे ओठमा मुस्कान ल्याउने काम गर्न कुनै कसर बाँकी राख्दिनँ भन्दै भाषण टुङ्गग्याउँछु ।

धन्यवाद !!

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु