Information is intelligence
HomeSportsयाे वर्ष अष्ट्रेलियामा आगाे बालिँन भने फुटबल नै खेल्दिँनःजगजित श्रेष्ठ

याे वर्ष अष्ट्रेलियामा आगाे बालिँन भने फुटबल नै खेल्दिँनःजगजित श्रेष्ठ

- Advertisement -spot_img

नेपाली अन्तराष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ नयाँ सिजन २०२१ का लागि अष्ट्रेलियाकाे सा प्यान्थर्स फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबकाे आधिकारिक फेसबुक पेजमार्फत जगजित क्लबमा अनुबन्धित भएकाे घाेषणा गरेकाे छ  ।

क्लबकाे पाेस्ट शेयर गर्दै जगजितले याे वर्ष अष्ट्रेलियामा आगाे बाल्ने बताएका छन् । उनले याे वर्ष आगाे बाल्न नसके आफूले फुटबल नै नखेल्ने पनि बताएका छन् ।

क्लबले फेसबुक पेजमार्फत जगजित हाेचा तर निकै गतिशील अट्याकिङ मिडफिल्ड भएकाे भन्दै उनलाइ क्लबमा अनुबन्ध गर्न पाएकाेमा क्लबले गर्वकाे महसुस गरेकाे बताएकाे छ ।

जगजित पछिल्लाे केही वर्षदेखि अष्ट्रेलियामा व्यवसायिक फुटबल खेल्दै आएका छन् । नेपाली राष्ट्रिय टीममा राम्राे प्रभाव छाडेका जगजित पछिल्लाे समय भने निरन्तर टीममा पर्न असफल बन्दै आइरहेका छन् । आफूले राम्राे प्रदर्शन गरेपनि एन्फाकाे राजनीतिबाट आफू पीडित बन्दै आएकाे बताउँदै आएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु