Information is intelligence
HomePoliticsलोडसेडिङ मेरै योजनामा हटेको हो, तर अरुले नै जस लिए: मन्त्री टोपबहादुर

लोडसेडिङ मेरै योजनामा हटेको हो, तर अरुले नै जस लिए: मन्त्री टोपबहादुर

- Advertisement -spot_img

बुटवल | ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन्।

‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ’, उनले भने, ‘त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’

नेपालमा हाल ऊर्जा उत्पादन माग भन्दा बढी हुन थालेको उनले बताए । ‘हामीसँग ऊर्जा बढी हुँदै गएको छ । उपयोग गर्ने स्थिति पनि छैन। एक वर्षमा ५ सय मेगावटा थप हुने छ’, उनले भने,’निर्यात गर्ने अवस्था पनि छैन। अर्को चुनैतीका रुपमा यो अवस्था आउँदैछ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु