Information is intelligence
HomeSportsमाघ ७ गतेबाट महिला फुटबल लिग हुँदै , चार विदेशी खेलाडी राख्न...

माघ ७ गतेबाट महिला फुटबल लिग हुँदै , चार विदेशी खेलाडी राख्न पाउने

- Advertisement -spot_img

काठमाडौं– यही माघ ७ गतेबाट सुरु हुने महिला फुटबल लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचना जारी गर्दै हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न पाउने बताएको हो। एन्फाले पहिलोपल्ट यस्तो निर्णय गरेको हो।

साथै, प्रतियोगिताको स्थान पनि परिवर्तन भएको छ। गत साल धरान र विराटनगरमा हुने निश्चय भएको लिग अब ललितपुरमा हुनेछ।

उद्घाटन र समापन खेल दशरथ रंगशालामा हुने भए पनि बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्।

माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा तीन विभागीय सहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरी ७ टिमको सहभागी रहनेछ।

प्रतियोगिताको विजेताले नगद १५ लाख, दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एन्फाले स्वस्थ्य मापदण्ड अपनाउँदै सुरुमा र संक्रमण भएको शंका लागेमा आफूले टेस्ट पीसीआर टेस्ट गरिदिने बताएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु