Information is intelligence
HomeNewsआवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

आवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

- Advertisement -spot_img

स्वस्मै स्वल्पं समाजाय सर्वस्वम् अर्थात आफ्ना लागि कम र समाजका लागि धेरै भन्ने भावना राखेर सामाजिक कार्यमा लागि परेकाे सँस्था आवरण नेपालले दाेलखाकाे शैलुङमा रहेकाे श्री पिपलडाँडा आधारभूत विद्यालयका विद्यार्थीहरूलाइ न्यानाे कपडा वितरण गरेकाे छ ।

विद्यालयमा रहेका ७० जना विद्यार्थीलाइ नीलाे स्वीटर,नीलाे टाेपी र माेजा वितरण गरिएकाे आवरण नेपालका अध्यक्ष विवेक सापकाेटाले जानकारी दिए ।

स्थापनाकालदेखि नै सामाजिक कार्यमा लागेकाे आवरण नेपाल अबका दिनमा पनि देशका सबै कुनामा पुगेर सामाजिक कार्यमा सँस्थालाइ क्रियाशील गराउने प्रतिवद्दता व्यक्त गर्दै अध्यक्ष सापकाेटाले विद्यालयका वालवालिकालाइ न्यानाे कपडा वितरण गर्न पाएकाेमा खुशी प्रकट गरे ।

विद्यालयका प्रधानाध्यापक लवकुमार सुवेदीले सँस्थाकाे सहयाेगीपनदेखि खुशी हुँदै आगामी दिनमा पनि हातेमालाे गर्दै अघि बढ्ने बताए ।

विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि न्यानाे कपडा वितरण गरिएकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु