Information is intelligence
HomeNewsदेशभर आजको मौसम यस्तो छ

देशभर आजको मौसम यस्तो छ

- Advertisement -spot_img

जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

यस्तै प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। यसबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले सामान्य बदली रहेको काठमाडौँ उपत्यकामा दिउँसो घाम लाग्ने मौसमविदहरुले बताएका छन् ।

आइतबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भूभागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु