Information is intelligence
HomeEconomyडिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

- Advertisement -spot_img

नेपालमा डिम्याट खाता खोल्नेको संख्या २५ लाख नाघेको छ ।

हिजो सम्मको तथ्यांक हेर्दा नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको हो ।

पछिल्लो २ महिना यतामात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका छन् ।

डिम्याट खाता खोल्नेको संख्या हेर्दा हिजोबाट आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक ले नयाँ रेकर्ड राख्ने पक्का देखिएको छ ।

यस अघि आइपीओ जारी गरेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५० हजार हारहारी आवेदकले आवेदन दिएका थिए ।

त्यसपछि पनि निफ्राको शेयरमा आवेदन दिन धेरै आवेदकले डिम्याट खाता खोलीरहेका छन् । जसकारण यस बैंकको आइपीओमा अहिले सम्मकै धेरै आवेदकले आवेदन दिन लगभक पक्का नै छ ।

बैंकले हिजो शुक्रबारबाट ८ अर्ब बराबरको ८ करोड कित्ता शेयर निष्काशन गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु