Information is intelligence
HomeSportsपीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

- Advertisement -spot_img

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी यस सिजन पहिलो पटक लिग वानको शीर्ष स्थानमा उक्लिएको हो ।

डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल पीएसजीलाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।

मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीले पछिल्ला ७ खेलमा अपराजित यात्रालाई कायमै राखेको छ ।खेलमा प्रशिक्षक पोचिटिनो भने उपस्थित थिएनन् । कोरोनाबाट संक्रमित बनेपछि उनी एकान्तवासमा रहेका छन् ।

पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्धपी लियोनले एक खेल कम खेलेको छ ।

पीएसजीको २० खेलबाट ४२ अक छ । लियोनको ४० अंक छ । एन्जर्स ३० अंक सहित सातौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु