Information is intelligence
HomeNewsमाउन्ट केटुमा निर्मलसहित १० नेपालीकाे नयाँ रेकर्ड कायम

माउन्ट केटुमा निर्मलसहित १० नेपालीकाे नयाँ रेकर्ड कायम

- Advertisement -spot_img

विश्वको दोस्रो अग्लो हिमाल केटुलाई हिउँद याममा आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले इतिहास रचेका छन् । पाकिस्तानमा अवस्थित माउन्ट केटुमा चिसो मौसममा कसैले पनि चढ्न सकेको थिएन । तर, शनिबार यो इतिहास नेपाली पर्वतारोहीको नाममा रचियो ।

यसरी केटु आरोहण गर्नेहरुमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा छन् । चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए । तीन विभिन्न एक्सिपिडिसन टीमबाट चढेपनि उनीहरुले नेपालबाट संयुक्तरुपमा आरोहण गरेको जनाएका छन् ।

‘हामीले नेपाल र नेपाली आरोही समुदायलाई गर्विलो तुल्याएका छौं’ चुचुरोमा पुगिसकेपछि मिङ्मा ग्याल्जी शेर्पाले सामाजिक संजालमा लेखे । यसैगरि निम पूर्जाले पनि सामूहिक मिहेनतका कारण प्रयास सफल भएको लेखेका छन् । चुचुरोमा पुगेपछि सबैले एकैसाथ नेपाली राष्ट्रिय गीत गाएको समेत उनले जनाएका छन् । ‘यतिबेला देशप्रेम महसुस भयो’ पुर्जाले उल्लेख गरेका छन् ।

पर्वतारोहीका अनुसार केटु चढ्नु सगरमाथा आरोहणभन्दा कठिन कुरा हो किनभने केटु पर्वतको संरचना नै जटिल खालको छ । पूर्जाका अनुसार आफूहरु चुचुरोमा पुग्दा त्यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियस रहेको र २०० किमी प्रतिघन्टाले हावा चलेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु