Information is intelligence
HomeEconomyसाताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार?

साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार?

- Advertisement -spot_img

स्थानीय बजारमा पहेंलो धातुको मूल्य ओरालो लागेको छ । तोलामा रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ ।

रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ । रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु