Information is intelligence
HomeSportsप्रधानमन्त्री कप क्रिकेटमा पुलिसले दियाे बागमती प्रदेशलाई १ सय १२ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले दियाे बागमती प्रदेशलाई १ सय १२ रनको लक्ष्य

- Advertisement -spot_img

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता तेस्रो खेलमा विभागीय पुलिसले बागमती प्रदेशलाई १ सय १२ रनको झिनो लक्ष्य दिएको छ ।

त्रिभुवन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस निर्धारित ओभर सकिन ३१.३ ओभर बाँकी रहँदै १ सय ११ रनमा अल आउट भयो ।

खेलमा अमितले १० बलमा १ छक्का प्रहार गरे भने ओपनर कुशल भुर्तेलले १७ रन जोडे ।

पुलिसलाई आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले ३४ रनको साझेदारी गर्दै सम्हाल्न खोजे पनि लेगस्पिनर तिलकराज भण्डारीले आरिफलाई २१ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि पुलिस झनै दवावमा पर्‍यो ।

दीपेन्द्र सिंह २१ रनमा क्याच आउट भए ।

बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ४ विकेट लिएपछि पुलिस धरासायी भएको थियो । त्यस्तै, अर्का बलर तिलकराज भण्डारीले ७.३ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु