Information is intelligence
HomeEconomy३० जना भाग्यमानी, जसले इन्फ्रास्टक्चर बैंककाे ५ हजार कित्ता शेयर पाउँदैछन्

३० जना भाग्यमानी, जसले इन्फ्रास्टक्चर बैंककाे ५ हजार कित्ता शेयर पाउँदैछन्

- Advertisement -spot_img

हालैमात्र आईपिओ निष्काशन गरेको इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद गर्न अहिले सर्वसाधारणको घुइँचो नै लागेको छ ।

नेपालमा अहिले सम्म कै धेरै शेयर निष्काशन गरेको बैंकको आइपीओ सबै आवेदकलाई पर्ने पक्का नै छ ।

बैंकले हिजोबाट एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो ।

उक्त आइपीओमा हाल सम्म सक्रिय सबै डिम्याट कर्ताले आवेदन दिए पनि सबै लाई ४० देखि ७० कित्ता सम्म शेयर पर्ने लगभग पक्का छ ।

तर, उक्त बैंकको शेयर ३० जना भाग्यमानीहरुले भने ५ हजारका दरले पाउने छन् ।

बैंकले जारी गर्न लागेको आइपीओ मध्यको १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ ।

बैंकमा हाल ३० कर्मचारी मात्रै रहेका छन् ।  यो हिसाबले बैंकका ३० कर्मचारीलाई भाग गर्दा पनि प्रत्येक कर्मचारीले ५३३३.३३ कित्ता आईपीओ हात पार्नेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु