Information is intelligence
HomeSportsपीएम कप : पहिलाे खेलमै पुलिस बागमतीसँग पराजित

पीएम कप : पहिलाे खेलमै पुलिस बागमतीसँग पराजित

- Advertisement -spot_img

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे पहिलाे खेलमै पराजित भएकाे छ ।

समूह बी अन्तर्गत भएकाे खेलमा नेपाल पुलिस क्लबले जितेको हाे ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको हो ।

पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहदै ४८ रन बनाए । इशान पाण्डेले अविजित १७ रन बनाए । पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन जोडे । आकाश थापा १ रनमा आउट भए ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।

पुलिसका लागि ओपनरद्वय सुनिल धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए ।

त्यस्तै अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे ।

आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १, ललित राजवंशी १ रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे ।

बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । तिलक भण्डारीले ७ ओभर ३ बलमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।

रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

जितसँगै समूह ‘बी’ को बागमतीले महत्वपूर्ण २ अंक जोडेको छ । उपाधि दाबेदार पुलिसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु