Information is intelligence
HomeShare Bazarलगातार रेकर्ड काय गर्दै नेप्से, ६ अर्बभन्दा बढीकाे काराेबार

लगातार रेकर्ड काय गर्दै नेप्से, ६ अर्बभन्दा बढीकाे काराेबार

- Advertisement -spot_img

शेयर बजारमा एकपछि अर्काे रेकर्ड कायम हुँदै गएकाे छ । त्यसैकाे निरन्तरतास्वरूप आइतबार सेयर बजार सूचक २३ सय विन्दु माथि उब्लिएको छ । यो पनि अल टाइम हाइ विन्दु हो ।

नेप्से सूचक २८.४६ अंकले बढेर २३१५ विन्दुमा आइपुगेको छ । २०८ कम्पनीको ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ५० लाख ३५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । व्यापारिक समूह सबैभन्दा धेरैले वृद्धि भएको छ ।

यसैगरी, फाइनान्स, माइक्रोफाइनान्स, अन्य, बिमालगायतका समूहमा पनि धेरै तेजी आएको छ । १६ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा ५८ करोडभन्दा बढीसहित नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा एनआइसी एसिया र तेस्रोमा सिभिल बैंक परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु