Information is intelligence
HomePoliticsमुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

- Advertisement -spot_img

काठमाडौं | नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन युवाहरुलाई निर्देशन दिएका छन्।

उनले प्रतिक्रान्तिकारीको मुटु हल्लिने खालको आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरे ।

प्रचण्डले विगतमा गिरिजाप्रसाद कोइराला जस्तै यसपटक आफूलाई आन्दोलनमा टाउकोमा लाठी खान मन लागेको पनि बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै दाहालले शाकाहारी आन्दोलनले अब केही नहुने भन्दै आक्रमक भएर उत्रिन आग्रह गरेका हुन्।

‘प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिने आन्दोलन चाहियो । ९ गते अलिकति म्यासिभ्ली जाने सोचेका छौं । अग्रपंक्तिमा हामी हुन्छौं र हिजो गिरिजाप्रसाद कोइराला, माधवजी र झलनाथजीले जस्तै लाठी खान मन छ । ‘खै ! मलाई आजभोलि मलाई के भएको हो? के चिलाएको हो? टाउको फुटाउन मन छ’, तपाईंहरू पछाडि बस्दा लाठी खान मन छ, त्यो स्प्रिटमा छु, प्रचण्डले भने,‘निकै ठूलो षडयन्त्र भएको छ, देशलाई अँध्यारो सुरुङमा धकेल्न सेटिङ भन्ने डरलाग्दो शब्द प्रयोग भइरहेको छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु