Information is intelligence
HomePoliticsप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

- Advertisement -spot_img

काठमाडौं । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्‍को पुस २९ मा बसेको बैठकले उनलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

दुगडका अनुसार उनले आजै मात्र विशेष आर्थिक सल्लाहकारको नियुक्तिपत्र पाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए ।

तर, पछि खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् ।  योसँगै दुगडले अब मन्त्री सरहको सेवा सुविधा पाउने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु