Information is intelligence
HomeEconomyएनआइसी एसियाले लिलामीमा ल्याएको ४ कम्पनीको सेयर किन्ने आज अन्तिम दिन

एनआइसी एसियाले लिलामीमा ल्याएको ४ कम्पनीको सेयर किन्ने आज अन्तिम दिन

- Advertisement -spot_img

काठमाडौं  | एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको सेयर किन्ने आज सोमबार (माघ ५ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले पुस  २७ गतेबाट आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो  ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ८९ हजार ६६४, एसियन लाइफ इन्सुेन्सको १ लाख २८ हजार ७९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २ हजार ८६६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ३०, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३५०, एसियनको सेयरमा न्यूनतम ४३३ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५०८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । चार वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु