Information is intelligence
HomePoliticsप्रचण्डकाे चिलाएकाे टाउकाेले ल्याएकाे तरङ्ग

प्रचण्डकाे चिलाएकाे टाउकाेले ल्याएकाे तरङ्ग

- Advertisement -spot_img

पुष ५ गते प्रतिनिधिसभा विघटन भएपश्चात अहिले नेपालमा आराेप प्रत्याराेपकाे श्रृंखला चलिरहेकाे छ । लाेकतन्त्रमा पाएकाे अभिव्यक्ति स्वतन्त्रताकाे वकालत गर्दै आएका राजनीतिक दलहरू त्यसकाे भरमग्दुर प्रयाेग गरिरहेका छन् । अभिव्यक्तिमा कुनै सेन्सर लागु नगरी एकअर्काकाे विराेधमा उत्रिएका राजनीतिक वृत्तमार्फत देश र जनतामा कस्ताे असर परिरहेकाे छ भन्ने कसैले साेचेकाे देखिएकाे छैन ।

हिजाे आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आफूपक्षका विद्यार्थी तथा युवा कार्यकर्ताहरूलाइ सम्बाेधन गर्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आफ्नाे टाउकाे चिलाएकाे र लठ्ठी खाएर टाउकाे फुटाउन मन लागेकाे भन्दै आक्राेशित अभिव्यक्ति दिएर युवा नेतृत्वलाइ आन्दाेलनकाे आँधी ल्याउन आग्रह गरे । याे अभिव्यक्ति पश्चात समुदायमा फेरी पहिलेकाे जस्तै लठ्ठी र टायरकाे आन्दाेलनकाे संस्कृति माैलाउन लागेकाे त हैन भन्दै चर्चा परिचर्चा सुरू भएकाे छ ।

राजनीति सम्भावनायुक्त भविष्य हाे । राजनीतिमा लामाे समयदेखि संघर्ष गरि देशमा भएका धेरै परिवर्तनहरूलाइ आत्मसात गरेका नेताहरूले अबपनि रगतकाे राजनीति गर्न अभिप्रेरित गरिरहनुले असल राजनैतिक संस्कारकाे विकास कहिले हाेला भन्ने चिन्ता पनि देखिएकाे छ ।

सत्ता र स्वार्थ बाझिएमा मर्न र मार्न पनि तयार छु भन्दै आन्दाेलनकाे नेतृत्व गर्छु साथ दिनुहाेस भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका प्रचण्डले आफू सत्तामा हुँदा देश र जनतालाइ के दिए भनेर जनताले साेध्ने हाे भने उनी अवाक हुने निश्चित छ ।

धर्म निरपेक्षता र संघीयताकाे जगमा राजनीति गरिरहेकाे प्रचण्डकाे भविष्य अँध्याराे हुँदै गइरहेकाे बेलामा फेरी रगत बगाउन उत्प्रेरित गर्नुले उनमा सत्तामाेह अझै उत्तिकै झल्किरहेकाे आभास हुन्छ ।

एकातर्फ संविधानकाे मर्म भावनाकाे कुरा चलिरहेकाे छ भने अर्कातर्फ स्वाभिमान र देशभक्तिकाे चर्काे आवाज घन्किरहेकाे अवस्था छ । यी दुइकाे जगमा बसेर नेताहरू बन्दुक र रगतकाे मिलन गराउन जनताहरूलाइ उद्वेलित गरिहेका छन् ।

देशले लामाे जनयुद्द र कैयाैँकाे बलिदानीपश्चात प्राप्त गरेकाे संघीय गणतन्त्र र शान्त नेपालकाे परिकल्पना गरिरहेका नेपालीहरूमाझ पुनः शाकाहारी आन्दाेलन सफल भएन भन्दै रगतकाे खाेलाे बगाउन उचाल्ने नेताहरूबाट साेझासाझा र निमुखा जनताहरूकाे भविष्य फेरी अन्धकारमा नै धकेल्न खाेजिरहेकाे देखिन्छ ।

काेराेना भाइरसकाे महामारीबाट थला परेकाे देशकाे अर्थतन्त्र तङ्ग्रिनलाइ प्रयास गरिरहेकाे छ । उद्याेग , कलकारखानाहरू पुनः सञ्चालन हुन प्रयासरत छन्। पर्यटन व्यवसायले समेत गति लिन खाेजिरहेकाे अवस्थामा फेरी राजनीतिक अस्थिरता र आर्थिक भार पर्ने गरी बेला न कुबेला चुनाव र कुर्सीकाे झगडाले देश २० वर्ष पछाडी धकेलिने निश्चित छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु