Information is intelligence
HomeSportsजितको लयमा फर्किदै आर्सनल

जितको लयमा फर्किदै आर्सनल

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा  आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । बुकायो साकाको नाममा एक गोल रह्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ७७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ । न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु