Information is intelligence
HomeInternationalसुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

- Advertisement -spot_img

एजेन्सी | भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि गुड्दा १५ जनाको मृत्यु भएको हो ।

घटनामा १२ मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

सो घटनामा केही मजदुर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

गुजरात प्रहरीका अनुसार उखु बोकेको ट्याक्टरमा ट्रक ठोक्किएको थियो । ठोक्किएपछि अनियन्त्रित बनेको ट्रक सुतिरहेका मजदुरमाथि गुडेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु