Information is intelligence
HomeEconomyनेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज अन्तिम दिन,हालसम्म यति आवेदन पर्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज अन्तिम दिन,हालसम्म यति आवेदन पर्यो

- Advertisement -spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने माघ ६ गते(आज) अन्तिम दिन हो ।

यस आइपीओमा मंगलबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।

सर्वसाधारणले सोमबार साँझसम्म मागभन्दा १.८७ गुणा बढी आवेदन दिइसकेका छन् । आइपीओ भर्ने सर्वसाधारणको संख्या ११ लाख ७७ हजार ९२० जना पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म १४ करोड १९ लाख ९६ हजार ९२० कित्ताका लागि आवेदन परेको छ । कुल १४ अर्ब १९ करोड ९६ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु