Information is intelligence
HomeNewsउपत्यकामा फेरि घरभित्रै दम्पती मृत अवस्थामा फेला

उपत्यकामा फेरि घरभित्रै दम्पती मृत अवस्थामा फेला

- Advertisement -spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका ७ लामाटारको चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्थामा फेला परेका छन्।

३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल बन्द कोठाभित्र मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

उनका अनुसार प्रहरीको प्रारम्भीक अनुसन्धानले घरमा कोही नभएको मौका छोपी विष सेवनबाट आत्महत्या गरेको देखाएको छ। उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ।

‘विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ। अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं’ एसपी महर्जनले भने, ‘अहिलेसम्म उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन, अनुसन्धान भइरहेको छ।’ मृत भेटिएका दम्पतीको शव पोष्टमोर्टमको तयारी भइरहेको छ।

केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु