Information is intelligence
HomeNewsकोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति

- Advertisement -spot_img

एएफपी | महामारीका कारण विमान चढ्न डराएका एक पुरुष तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन्।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका एक भारतीय तीन महिनासम्म विमानस्थलमा लुकेर बसेको पाइएको छ।

आदित्य सिंह नामक ती भारतीय पछिल्लो तीन महिनामा ओहारे विमानस्थलमा लुकेर बसेका थिए। ३६ वर्षीय सिंहले कोरोना भाइरस महामारीका कारण घर जान डराएको बताएका छन्।

उनीमाथि विमानस्थलको निषेधित क्षेत्रमा गलत तरिकाले प्रवेश गरी विमानस्थलका कर्मचारीको ब्याच चोरीको आरोप लगाइएको छ।

कुक काउन्टीका न्यायाधीश सुजाना ओर्टिजले प्रश्न गरेकी छन्, ‘कुनै सुरक्षित क्षेत्रमा कसैलाई थाहै नदिई मानिस यति लामो समयसम्म कसरी रहन सक्छ?’

उनले सुरक्षित क्षेत्रमा फर्जी ब्याचका साथ रहनु पनि खतराको विषय भएको बताइन्। उनले भनिन्, ‘हवाई यात्राका लागि विमानस्थल पूर्ण रुपमा सुरक्षित हुन आवश्यक छ।’

सुनुवाइका क्रममा सरकारी वकिल कैथलिन हगर्टीले सिंहलाई विमानस्थलको निषेधित क्षेत्रमा देखेपछि युनाइटेड एयरलाइन्सका कर्मचारी उनीहरु गम्भीर भएको बताइन्।

त्यसपछि ती कर्मचारीले सिंहसँग परिचयपत्र मागे। सिंहले उनीहरुलाई अप्रेसन म्यानेजरको परिचयपत्र दिए। तर अप्रेसन म्यानेजरले अक्टोबरमा आफ्नो ब्याच हराएको भनेर गुनासो गरेका थिए। त्यसपछि ती कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अनि सिंह गिरफ्तारीमा परेका थिए।

हगर्टीले प्रहरी अधिकारीलाई उधृत गर्दै भनिन्, ‘सिंह कोभिड १९ का कारण घर जान डराएका थिए।’

सिंहले त्यो ब्याच विमानस्थलमा फेला पारेको बताएका छन्। उनले आफूले यात्रीले दिएको खानेकुरा खाएर बाँचेको पनि बताएका छन्। एपी
सिंह पक्षका वकिल कर्नटी स्मालवुडले लस एन्जलसमा रहँदै आएका सिंह कसरी आइपुगे भन्ने स्पष्ट नभएको बताए।
एक हजार डलर धरौटी जम्मा गरेपछि उनी रिहा भएका छन्। उनी यसअघि आपराधिक गतिविधिमा संलग्न नरहेको पाइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु