Information is intelligence
HomeSportsप्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सीले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

किङ्ग पावर स्टेडियममा चेल्सी र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।

चेल्सीलाई हराउँन सकेमा लेष्टर तालिकाको शीर्ष स्थानमा उक्लनेछ । लेष्टर ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लेष्टर शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा २ अंकले पछि रहेको छ ।

यता, चेल्सी पनि लेष्टरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । चेल्सी २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेष्ट ह्याम र वेस्ट ब्रुमबीच खेल हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु