Information is intelligence
HomeNewsप्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

- Advertisement -spot_img

रुकुम पश्चिममा मंगलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाइ फायर गरेको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रण लिनका लागि प्रहरीले केही सेल अश्रु ग्यास र १७ राउन्ड हवाइ फायर गरेको बताए।

डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।

उनीहरुले प्रहरी कार्यालयमा तोडफोडसमेत गरेका थिए। विवादमा संलग्न पक्षले प्रहार गरेको ढुंगा प्रहारबाट एकजना प्रहरी सहायक निरीक्षक र एक जना जवान घाइते भएको प्रहरीले जनाएको छ।

झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही पनि घाइते भएको जनाइएको छ ।

५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु