Information is intelligence
HomePoliticsओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

- Advertisement -spot_img

काठमाण्डौ | नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्।

मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै ओलीको आलोचना गरे।

उनले आफू अलिक भावुक खालको भएकोले जोगिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। सम्बोधनका क्रममा उनले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा गरेका हुन्। ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइ सकिनु भयो। म युद्दको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे।

‘प्रतिनिधि सभा विघटनको सिफारिसमा राजा/महाराजा गन्ध आएको छ। निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भएको छ,’ उनले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु