Information is intelligence
HomeSportsलियोनल मेसीलाई दुई खेल प्रतिबन्द

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

- Advertisement -spot_img

स्पेनिस सुपर कोपाको फाइनल खेलको अतिरिक्त समयमा रातो कार्ड खाएर मैदान छाडेका लियोनल मेसीलाई दुई खेल प्रतिबन्द लागेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । यस्तै अतिरिक्त समयमा  लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।

दुई खेल प्रतिबन्द पछि मेसीले कोपा डेल रे र लालिगाको एक एक खेल छुटाउने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु