Information is intelligence
HomePoliticsखुल्यो माधव नेपालको मन घोच्नु र पोल्नुको कारण

खुल्यो माधव नेपालको मन घोच्नु र पोल्नुको कारण

- Advertisement -spot_img

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले यसो भनेका हुन् । उनले तत्कालिन एमालेको तर्फबाट गणतन्त्रका पक्षमा कुरा ल्याउने पहिलो व्यक्ति आफू नै रहेको पनि  उल्लेख गरे ।

आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’

जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु