Information is intelligence
HomeUncategorizedउपत्यका यी ठाउँमा र यो समयमा आज बत्ति जाने

उपत्यका यी ठाउँमा र यो समयमा आज बत्ति जाने

- Advertisement -spot_img

उपत्यकाका केही ठाउँमा आज बत्ति जाने भएको छ ।

ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा लोडसेटिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका अनुसार लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफर्मर जलेकोले सो ट्रान्सफर्मर मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने छ ।

यस्तै काठमाडौंको सुकेधारा, चण्डोल,  महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ ।

सो क्षेत्रको ओम फिडर अन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु