Information is intelligence
HomeEconomyइन्फ्रान्स्टक्चरकाे आइपीओमा नयाँ रेकर्ड, कति कित्ता पाइएला ?

इन्फ्रान्स्टक्चरकाे आइपीओमा नयाँ रेकर्ड, कति कित्ता पाइएला ?

- Advertisement -spot_img

नेपाल इन्फ्रास्टक्चर बैंककाे आइपीओमा निवेदन दिने आवेदकहरूकाे संख्याले नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार बेलुका ५ बजेसम्मका लागि खुला गरिएकाे आवेदनमा १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएकाे बिक्री प्रवबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएकाे छ । याे संख्या आइपीओमा आवेदन दिनेमध्ये आजसम्मकै धेरै हाे ।

याेभन्दा अघि चन्द्रागिरी हिल्सकाे आइपीओमा १२ लाख १५ हजारकाे हाराहारीमा  आवेदन परेकाे थियाे ।

इन्फ्रास्टक्चर बैंकले सर्वसाधारणका लागि ८ कराेड कित्ता आइपीओ जारी गरेकाे थियाे जसमध्ये ०.२० प्रतिशत कर्मचारीकाे लागि छुटयाइएकाे छ । त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी काेषलाइ छुट्याइएकाे छ । बाँकी रहेकाे ७ कराेड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण जनताले पाउने भएका हुन् ।

आवेदन दिनेकाे संख्या र बिक्री खुला गरिएकाे आइपीओकाे संख्या हेर्दा सर्वसाधारणले ५० कित्ताकाे हाराहारीमा शेयर पाउने देखिन्छ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु