Information is intelligence
HomeEconomyचन्द्रागिरी आइपीओको प्रिअलटमेन्ट आज,कहिले हुन्छ बाँडफाँड ?

चन्द्रागिरी आइपीओको प्रिअलटमेन्ट आज,कहिले हुन्छ बाँडफाँड ?

- Advertisement -spot_img

ग्लोबल आईएमई क्यापिटलले चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज गर्ने भएको छ । बिक्री प्रबन्धक क्यापिटलले कम्पनीको आइपीओको प्रिअलटमेन्ट आज गर्ने बताएको हो ।

त्यस्तै, क्यापिटलले शुक्रबार सम्ममा चन्द्रागिरीको आइपीओ बाँडफाँड गरिसक्ने जनाएको छ । क्यापिटलका अनुसार ढिलोमा शनिबार बिहान सम्ममा कम्पनीको शेयर बाँडफाँड भइसक्नेछ ।

चन्द्रागिरीले यस अघि पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो।

कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु