Information is intelligence
HomeEconomyसेयर बजारमा फेरि देखियो सुधार

सेयर बजारमा फेरि देखियो सुधार

- Advertisement -spot_img

काठमाण्डौ | सेयर बजार बुधबार सकारात्मक देखिएको छ ।  आज ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका(नेप्से) अनुसार आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको हो।

आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको छ। उक्त कारोबारमा १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५३ हजार ३ सय ३४ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको कारोबार सूचक झरेको छ भने बाँकीको कारोबार सूचक बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाखको कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार भने प्रभु बैंकको छ।

आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु