Information is intelligence
HomeNewsभारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

- Advertisement -spot_img

काठमाडौं | भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् ।भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो।

बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु