Information is intelligence
HomeEntertainment & Artsकोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म ‘मास्टर’, कति कमायो?

- Advertisement -spot_img

भारतमा फिल्म ‘मास्टर’ ले १५० करोडभन्दा बढीको व्यापार गरेको छ।

कोभिड १९ का कारण लामो समय बन्द रहेको सिनेमाघर खुलेपनि फिल्महरुले राम्रो व्यापार गर्न सकिरहेको थिएन। अभिनेता विजय अभिनित फिल्म मास्टरले भने थला परेको फिल्म क्षेत्रलाई केही राहत दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ‘मास्टर’ कोरोनाकालपछि कै ब्लकबस्टर फिल्म भएको बताइएको छ।

एक हप्तामा मास्टरले भारतमा मात्रै १५० करोड कमाएको हो।

१५० करोडको रेकर्ड ब्रेक गर्ने वियजको यो पाँचौं फिल्म हो। हाल यो फिल्म तमिलनाडुको केही सिनेमा घरमामात्रै प्रदर्शन गरिएको छ।

दक्षिण भारतका अन्य राज्यका साथै ओटिटि प्लयाटफर्ममा पनि फिल्मलाई छिट्टै रिलिज गर्ने तयारी गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु