Information is intelligence
HomeHealthनेपाल ल्याइँदै गरिएको कोरोना खोप यस्ता समस्या हुने व्यक्तिले लगाउन हुँदैन

नेपाल ल्याइँदै गरिएको कोरोना खोप यस्ता समस्या हुने व्यक्तिले लगाउन हुँदैन

- Advertisement -spot_img

काठमाडौं | भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको हो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका हुन् । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार(आज) काठमाडौँ आइपुग्ने छ ।

कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटका अनुसार यस्ता समस्या हुनेले लगाउन हुँदैन

  • एलर्जीको समस्या भएका
  • रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती
  • ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्ति
  • सिरम इन्स्टिच्यूटल खोप उत्पादनमा प्रयाग गरिएको कुनै पनि घटकको गम्भीर एलर्जी छ भने खोप नगाउन भनेको हो।
  • पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिन समेत सुचित गराएको छ।
  • गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ।
  • कोभिड-१९ अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि कोभिसिल्ड नलगाउन सीरम इन्स्टिच्युटले अनुरोध गरेको छ।
  • खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन सुभाव दिइएको छ।

यसअघि, कोभ्याक्सिन खोपको निर्माता कम्पनी भारत बायोटेकले कसले खोप नलगाउने भन्ने बारे यस्तो खालको सूचना जारी गरेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु