Information is intelligence
HomeNewsशिक्षक हत्या आरोपी विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज हतियारसहित पक्राउ

शिक्षक हत्या आरोपी विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज हतियारसहित पक्राउ

- Advertisement -spot_img

काठमाडौं | नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् ।

बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका उनि पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।

उनीमाथि गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ ।

प्रहरीका अनुासर हत्या आरोपमा उनी प्रतिवादी हुन् । अहिलेसम्म शिक्षक हत्या आरोपमा अरु कोही पक्राउ नपरेको मोरङ प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु