Information is intelligence
HomeNewsहट्याे लाइसेन्सकाे काेटा प्रणाली , अब सबैले भर्न पाउने

हट्याे लाइसेन्सकाे काेटा प्रणाली , अब सबैले भर्न पाउने

- Advertisement -spot_img

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम माघ ९ गते शुक्रबारदेखि अनलिमिटेड हुने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरि सो जानकारी दिएको हो । विभागले हालसम्म अनलाइन फारम भर्दा लिमिटेड कोटा सिष्टम लागू गरेको थियो ।

कोटा सिष्टम लागू गर्दा सम्पूर्ण सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न कोटा अनलिमिटेड गरिएको विभागको भनाइ छ ।

कोरोनाका कारण रोकिएको सवारी लाइसेन्स गत पुस १४ गते विभागले पुनः शुरु गरेको थियो ।अनलाइन फारम भर्दा सेवाग्राहीले प्राप्त गर्ने एसएमएस सेवा प्राविधिक कारणले केही समय बन्द गरेको पनि विभागले बताएको छ ।

यो समयमा सेवाग्राहीले आफ्नो ‘दर्ता नम्बर’ सुरक्षित गरि सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्न व्यवस्था विभागले आग्रह गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु