Information is intelligence
HomePoliticsराजतन्त्र हुँदा मर्जी भइबक्स्यो, अहिले भन्नुभो भन्न गाह्रो:प्रधानमन्त्री ओली

राजतन्त्र हुँदा मर्जी भइबक्स्यो, अहिले भन्नुभो भन्न गाह्रो:प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले सबैलाई तिमी भनेर सम्बोधन गर्दै समाचार लेखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

विहिवार प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले समाचार लेख्दा उल्लेख हुने ‘तिमी’ सम्बोधनप्रति आक्रोश ब्यक्त गरे।

अंग्रेजीको प्रभावमा परेर आफ्नो भाषा बिर्सिएको तर्क गर्दै ओलीले तिनै पत्रकारले दशकअघिसम्म राजा र राजपरिवारका सदस्यलाई मौसुफ भनेर समाचार लेखेको स्मरण गराए। ‘हिजो राजतन्त्र हुँदा मर्जी भइबक्स्यो, सवारी भइबक्स्यो भन्नुपर्थ्यो। अहिले भन्नुभो, जानुभो भन्न पनि गाह्रो भो तपाईंहरुलाई,’ उनले भने।

‘सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अंग्रेजले यु सिकाएको छ। तिमी लेख्नुहुन्छ। बीबीसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो,’ उनले अगाडि भने, ‘हामीले हाम्रो भाषा हाम्रो संस्कृति त्यो छाडिदिएर ‘यु’ वालामा गयौँ, गर्वका साथ।’

‘हामी न्युक्लियस फेम्ली जस्तो चराको गुँड होइन। एउटा बा एउटा आमा एउटा अण्डा। अण्डाबाट चल्ला निस्किन्छ। यसो प्वाँख पलाउँछ, भुर्र उड्ड। बाआमा एक्लै। बा आमालाई पनि तिनले चिन्दैनन्। हामी त्यस्तो होइन। पुरानो इतिहास र सभ्यता भएका हौं। अहिले हेर्नुस् – हाइ ड्याडी हाइ मम। ओ हेलो हाउ आर यु मम,’ उनले भने, ‘सिष्टताले केही बिगार्दैन्। हाम्रो तरिका त्यो छ। अहिले हामी आदारका साथ अभिभावकसँग व्यवहार गर्दैनौँ। पहिली तिमी भन्न सिकायो। तिमी भने पछि अरु सिकायो।’

प्रधानमन्त्री ओलीले पीत पत्रकारिता अहिले मुलुकको चुनौती र समस्या भएको बताए। पत्रकारहरू स्वार्थमा चल्न थालेर पीत पत्रकारिता बढेको उनको भनाइ थियो। उनले त्यस्‍ता मिडियाहरु नर्कमा जानेसमेत बताए।

‘राष्ट्रको हितको पक्षमा छँदै छैन। स्वार्थबाट अन्धो हुन्छ। जब मान्छे आत्मा बेच्छ। त्यसपछि त्यो नर्कमा गइसकेपछि फर्किनै सक्दैन। के गर्ने त्यसलाई निकाल्नै सक्दैन्,’ उनले भने, ‘जति तपस्या गर्नुस्। जति धाम जानुस्। जति योग गर्नुस्। पाप पखालिँदैन।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु