Information is intelligence
HomeSportsएपिएफको जितमा सावित्राको ह्याट्रिक

एपिएफको जितमा सावित्राको ह्याट्रिक

- Advertisement -spot_img

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। सावित्राले खेलको १४अौं, ६२अौं र ७३अौं मिनेटमा गोल गरेकी थिइन्।

यस्तै कप्तान अनिता बस्नेतले खेलको ६४अौं , अन्जली कुमारी योन्जनले खेलको २२अौं र प्रिती राईले खेलको ८९औं मिनेटमा एक-एक गोल थपिन्।

खेलमा एपीएफ पूर्ण रुपमा हाबी बनेकाले चन्द्रपुर नगरपालिकाले कुनैपनि अवसर सिर्जना गर्न सकेन। यस् जितसँगै एपीएफले आफ्नो पहिलो खेलबाट सम्पूर्ण तीन अंक आफ्नो पोल्टामा पारेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु