Information is intelligence
HomeEconomyचन्द्रागिरीको आइपीओ बाँडफाँट, १२ लाखकाे हात खाली हुँदा दुइ जनाले पाए ११...

चन्द्रागिरीको आइपीओ बाँडफाँट, १२ लाखकाे हात खाली हुँदा दुइ जनाले पाए ११ कित्ता

- Advertisement -spot_img

चन्द्रागिरी हिल्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, बाँकी रहेको २ कित्ता सेयर भाग्यमानी दुई आवेदकको हातमा परेको छ । यसमा १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएकामा ५ हजार ८३८ जना आवेदकको आवेदन रद्ध भएको छ । १२ लाख ११ हजार ११५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु