Information is intelligence
HomeLoksewaकृषि विकास बैंकले माग गर्याे २२६ कर्मचारी , कुन पदमा कति ?...

कृषि विकास बैंकले माग गर्याे २२६ कर्मचारी , कुन पदमा कति ? (विज्ञापनसहित)

- Advertisement -spot_img

नेपाल सरकारको समेत स्वामित्व रहेका कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग गरेको छ ।

बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तहको अधिकृत)देखि लेखपाला (चारौं तहको सहायक) सम्मका कर्मचारी माग गरेको हो ।

बैंकले समावेशीतर्फ महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समेत कर्मचारी माग गरेको छ । बैंकले कर्मचारी माग गरेको पदमा अनलाईनमार्फत आवेदन पेश गर्न सकिने छ ।

आवेदकले अनलाइनमार्फत दरखास्त फराम भरी आवेदन गरेपछि परीक्षा दस्तुर बापतको रकम कृषि विकास बैंकको मोबाइल एप, कनेक्ट आईपीएस, ईसेवा, फोनपे वा खल्ती डिजिटल वालेटबाट अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु