Information is intelligence
HomePoliticsप्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन,कहाँको जुलुसको नेतृत्व कसले ?

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन,कहाँको जुलुसको नेतृत्व कसले ?

- Advertisement -spot_img

काठमाण्डौ | प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । प्रत्येक प्रदेशबाट नेता तथा कार्यकर्ता काठमाडौं उतारेका छन् ।

बिहान ११ बजे हुनुपर्ने कार्यक्रम शुरु हुन केहि ढिला भएको हो। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकालिएको छ ।

जुलुुस रत्नपार्क बढ्नेछ ।

कहाँको जुलुसको नेतृत्व कसले ?

  • माइतीघरको जुलुश

नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु

  • डिल्लीबजार चारखालको जुलुस

वर्षमान पुन र वेदुराम भुसाल

  • लैनचौरको जुलुस

भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरु

  • कुपण्डोलको जुलुस

देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे

  • त्रिपुरेश्वरबाट निस्कने  जुलुस

कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु

  • प्रदर्शनी मार्गको जुलुस

घनश्याम भुसाल र जनार्दन शर्मा

  • शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुस

नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

  • त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुस

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले

  • वाल्मिकी क्याम्पसको जुलुस

अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ

विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ ।

त्यो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु